प्राइम कमर्सियल बैंकको साधारणसभा मंसिर १९ गते, बुकक्लोज कहिले ?

प्राइम कमर्सियल बैंकको साधारणसभा मंसिर १९ गते, बुकक्लोज कहिले ?

२०८१ कात्तिक २८ गते बुधबार ।

बैंकको खबर । प्राइम कमर्सियल बैंक लिमिटेडले लाभांश प्रस्ताव पारित गर्न मंसिर १९ गते आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा बिहान ११ बजे वार्षिक साधारण सभा बोलाएको छ । साधारणसभाले बैंक सञ्चालक समितिले प्रस्ताव गरेको कर सहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । 

साधारणसभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल हुनेछ । यस्तै साधारणसभाले मर्जर अथवा एक्विजिशनसम्बन्धी कार्य गर्न तथा बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने सञ्चालक समितिको प्रस्ताव माथि पनि छलफल गर्नेछ । 

साधारणसभा प्रयोजनका लागि बैंकले मंसिर ९ गते बुक क्लोज गर्ने भएकोछ ।  मंसिर ८ गतेसम्म कायम रहने सेयरधनीले साधारणसभामा सहभागि हुन र त्यहाँबाट पारित हुने लाभांश प्राप्त गर्न सक्नेछन् । 

All banking information at your fingertips.


शेयर गर्नुहोस