सुनको मूल्यमा आजपनि रेकर्ड ब्रेक, तोलाको एक लाख ६६ हजार ७०० रुपैयाँ पुग्यो

सुनको मूल्यमा आजपनि रेकर्ड ब्रेक, तोलाको एक लाख ६६ हजार ७०० रुपैयाँ पुग्यो

अर्थतन्त्र । सुनको भाउले लगातार ७ औँ दिन नयाँ रेकर्ड बनाएको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघले बुधबारका लागि छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६६ हजार ७०० रुपैयाँ तोकेको छ । यो मूल्य हिजोको भन्दा ८०० रुपैयाँ बढी हो । 

हिजो मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार ९०० रुपैयाँ थियो । 

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेपछि नेपालमा सुन–चाँदीको मूल्यले लगातार नयाँ रेकर्ड बनाइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा सुन–चाँदीको मूल्य बढेसँगै नेपाली बजारमा पनि त्यसको असर पर्ने गरेको छ । 

आज चाँदी पनि प्रतितोला ३५ रुपैयाँ बढेर २१ सय ३५ रुपैयाँ कायम भएको छ ।


शेयर गर्नुहोस