२८ अर्ब ५ करोड रुपैयाँ आन्तरिक ऋण उठाउँदै सरकार
बैंक खबर । सरकारले आज (सोमबार) २८ अर्ब ५ करोड रुपैयाँ आन्तरिक ऋण उठाउन लागेको छ । नेपाल राष्ट्र बैंकले जारी गर्ने ट्रेजरी बिलमार्फत सरकारले सो रकम ऋण लिन लागेको हो ।
राष्ट्र बैंकले जारी गरेको सूचना अनुसार २६ अर्ब ५ करोड रुपैयाँको ट्रेजरी बिल पुरानो नविकरण हुनेछ भने दुई अर्ब रुपैयाँ नयाँ बिक्री हुनेछ ।
राष्ट्र बैंका अनुसार २८ दिन अवधिको ४ अर्ब रुपैयाँ, ९१ दिन अवधिको ७ अर्ब ७५ करोड रुपैयाँ, १८२ दिन अवधिको ५ अर्ब ३० करोड रुपैयाँ र ३६४ दिन अवधिको ११ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गरिएको छ ।
All financial information at your fingertips.