पूर्वगभर्नर डा. चिरन्जीवी नेपाल राष्ट्रपतिको आर्थिक सल्लाहकार नियुक्त

बैंक खबर । राष्ट्रपति रामचन्द्र पौडेलको आर्थिक सल्लाहकारमा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरन्जीवी नेपाल नियुक्त भएका छन् ।
डा. नेपाल राष्ट्र बैंकको १६ औं गभर्नरको रुपमा नियुक्त भएका व्यक्ति हुन् । त्यसअघि उनी तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाको आर्थिक सल्लाहकार थिए ।
उनी नेपाल धितोपत्र बोर्डका अध्यक्षसमेत भइसकेका व्यक्ति हुन् ।
यस्तै राष्ट्रपतिको कानूनी सल्लाहकारमा बाबुराम कुँवर नियुक्त भएका छन् ।
राष्ट्रपति पौडेलले बुधबार नेपाल र कुँवरलाई नियुक्त गरेका हुन् ।
All financial information at your fingertips.