सुनचाँदीको मूल्यमा गिरावट

सुनचाँदीको मूल्यमा गिरावट

अर्थतन्त्र । आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारि गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सूनको मूल्य प्रतितोला दुई हजार दुई सय रुपैयाा सस्तिएको छ । यस्तै चाँदीको मूल्य प्रतितोला ५० रुपैयाँ घटेको छ । 

२०८० सालको अन्तिम दिन चैत ३० गते सूनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको थियो । तर नयाँ वर्ष २०८१ को पहिलो कारोबार दिन वैशाख २ गते मूल्यमा गिरावट आएको छ ।

आइतबार छापावाल सुनको मूल्य तोलाको एक लाख ३६ हजार ८०० रुपैयाँ र तेजाबी सुन तोलाको एक लाख ३६ हजार १५० रुपैयाँ कायम भएको छ । 

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ३९ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३८ हजार ३५० रुपैयाँ पुगेको थियो । जुन मूल्य अहिलेसम्मकै उच्च हो । 

आइतबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ५० रुपैयाँले घटेर एक हजार ७०० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला एक हजार ७५० रुपैयाँ थियो ।

All financial information at your fingertips.


शेयर गर्नुहोस