सुनको मूल्यमा नयाँ रेकर्ड

सुनको मूल्यमा नयाँ रेकर्ड

अर्थतन्त्र । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । लगातार उकालो लाग्दै आएको सुनको मूल्य बुधबार पनि बढेको हो । सुन प्रतितोला एक हजार आठ सय रुपैयाँले बढेपछि मूल्य नयाँ उचाइमा पुगेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार प्रतितोला एक लाख ३१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार प्रतितोला एक हजार आठ सय रुपैयाँले बढेर एक लाख ३३ हजार रुपैयाँ कायम भएको छ । 

मङ्गलबार तेजावी सुन प्रतितोला एक लाख ३० हजार पाँच सय रुपैययाँमा कारोबार भएकामा बुधबार एक लाख ३२ हजार तीन सय ५० रुपैयाँ निर्धारण भएको छ । 

चाँदीको मूल्य पनि बढेको छ । मङ्गलबार प्रतितोला एक हजार पाँच सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार प्रतितोला भने ६५ रुपैयाँले बढेर एक हजार छ सय १० रुपैयाँ मूल्य निर्धारण भएको छ ।

All financial information at your fingertips.


शेयर गर्नुहोस