पुनर्बीमा कम्पनीहरुले चुक्ता पुँजी २० अर्ब पुर्याउनुपर्ने

पुनर्बीमा कम्पनीहरुले चुक्ता पुँजी २० अर्ब पुर्याउनुपर्ने

बीमा खबर । नेपाल बीमा प्राधिकरणले पुनर्बीमा कम्पनीहरुको चुक्ता पूँजी बढाउने निर्णय गरेको छ। बुधबार बसेको प्राधिकरणको सञ्चालक समितिको बैठकले पुनर्बीमा कम्पनीको चुक्ता पुँजी २० अर्ब रुपैयाँ पुर्याउने निर्णय गरेको हो ।

प्राधिकरणका अनुसार पुनर्बीमा कम्पनीहरुले पूँजी बढाउन एक वर्षको समय पाउने छन्। प्राधिकरणले २०८१ माघ मसान्तसम्म २० अर्ब रुपैयाँ पुँजी पुर्याउन समय दिने भएको छ । 

नेपालमा अहिले दुई वटा पुनर्बीमा कम्पनी सञ्चालनमा छन् । १२ अर्ब ८१ करोड रुपैयाँ चुक्ता पुँजी भएको नेपाल पुनर्बीमा कम्पनी र १० अर्ब रुपैयाँ चुक्ता पुँजी भएको हिमालयन रिइन्स्योरेन्स सञ्चालनमा छन् । 

All financial information at your fingertips.


भिडियो हेर्नुहोस

शेयर गर्नुहोस