लक्ष्मी सनराइज बैंक र अपर सेती हाइड्रोबीच सम्झौता

लक्ष्मी सनराइज बैंक र अपर सेती हाइड्रोबीच सम्झौता

बैंक खबर । लक्ष्मी सनराइज बैंक र अपर सेती हाइड्रोबीच कास्की जिल्लास्थित सेती नदीमा २० मेगावाट क्षमताको मथिल्लो सेती खोला जलविद्युत आयोजनामा लगानी गर्न सम्झौता भएको छ ।

सो आयोजनाको कूल लागत ४.०२ अर्ब रहेको छ । यो सहकार्यले नेपालको नवीकरणीय ऊर्जा परिदृश्यमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास बैंकले गरेको छ । अपर सेती हाइड्रोले २०७८ माघ १७ गते विद्युत विकास विभागबाट आयोजना निर्माणको लागि विद्युत उत्पादनको अनुमति पत्र पाएको थियो । यस्तै २०८० असोज १० गते नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता भएको थियो । सो कम्पनीको प्रवद्र्धक प्रतिठित व्यापारिक घराना केसी ग्रुप हो ।

परियोजना निमार्णको लागि लक्ष्मी सनराइज बैंक एक्लैले परियोजना लागतको ७५ प्रतिशत लगानी गर्ने प्रतिवद्धता जनाएको छ भने बाँकी २५ प्रतिशत रकम सो कम्पनीका प्रर्वदक र संस्थापकहरुको लगानी रहने छ । लक्ष्मी सन्राइज बैंकको प्रोजेक्ट फाइनान्स (टर्म लोन) प्रतिवद्धता ३.०२ अर्ब रहेको छ । 

२० मेगावाट क्षमताको सो आयोजना निमार्ण पछि वार्षिक करिव ११३.५१ गिगावाट आवर इनर्जी विद्युत राष्ट्रिय प्रसारण लाइनमा जडान  हुनेछ । साथै बैंकको विद्यमान १४०० मेगावाट भन्दा बढीको पोर्टफोलियोमा अझ सुदृढ हुँदै लक्ष्मी सन्राइज बैंकको हरित ऊर्जा प्रवद्र्धनप्रति निरन्तर प्रतिबद्धतालाई जोड दिनेछ ।

All financial information at your fingertips.


शेयर गर्नुहोस