हिमालयन रि इन्स्योरेन्सको आईपीओ बाँडफाँट

हिमालयन रि इन्स्योरेन्सको आईपीओ बाँडफाँट

बीमा खबर ।  हिमालयन रि इन्स्योरेन्स लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको आईपीओ ताज रिसेप्सन, सुवर्ण शमशेर मार्ग बालुवाटारमा पुस ११ गते, बुधबार, बिहान १० बजे बाँडफाँट भएको हो।

इन्स्योरेन्सले मंसिर २७ गतेदेखि पुस १ गतेसम्म प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा आईपीओ निष्काशन गरेको थियो । सर्वसाधारणका लागि २ करोड ४९ लाख कित्ता सेयर निष्काशन गरेकोमा कुल १५ लाख ७३ हजार २१९ जनाले आवेदन दिएका थिए। सोमध्ये ८ हजार ६५५ आवेदन रद्द भएको छ भने १५ लाख ६४ हजार ५६४ आवेदन स्वीकृत भएको छ।

स्वीकृत आवेदनमध्ये १० देखि ३० कित्तासम्म आवेदन दिने आवेदकले आवेदन दिएजत्ति सेयर पाएका छन् । बाँडफाँट गर्दा बाँकी रहेको २ लाख ९० हजार २१० कित्ता सेयर ३० कित्ताभन्दा बढी आवेदन दिने लगानीकर्ताहरुलाई बाँडफाँट गरिएको कम्पनीले जनाएको छ। 

२९ हजार २१ आवेदकले ४० कित्ताका दरले सेयर पाएका छन् । 

All financial information at your fingertips.


शेयर गर्नुहोस