राष्ट्रिय वाणिज्य बैंक बन्योे सबैभन्दा बढी डिजिटल कारोबार गर्ने बैंक 

राष्ट्रिय वाणिज्य बैंक बन्योे सबैभन्दा बढी डिजिटल कारोबार गर्ने बैंक 

बैंक खबर । २०२२ साल माघ १० गते ढड्डा प्रणालीबाट सुरु गरेको राष्ट्रिय वाणिज्य बैंकको बैंकिङ कारोबारमा हाल प्रविधिमा आधारित डिजिटल कारोबारमा उल्लेख्य प्रगति भएको छ । नेपालका वाणिज्य बैंकहरु मध्ये सरकारी बैंक राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सबैभन्दा बढी डिजिल कारोबार (विद्युतीय कारोबार) गर्न सफल भएको छ । 

नेपालको भुक्तानी प्रणाली सञ्चालक नेपाल क्लियरिङ हाउस लिमिटेडले आफ्नो १५औँ वार्षिकोत्सवको अवसरमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडलाई नेपालका बैंकहरु मध्ये सबैभन्दा बढी डिजिटल कारोबार गर्ने बैंकको रुपमा आइतबार साँझ सम्मान गरेको छ ।  एक विशेष कार्यक्रमकाबीच नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलाई अवार्ड प्रदान गरेका हुन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले प्रविधिमा पर्याप्त लगानी गरेकाले यो उपलब्धि हासिल गर्न सफल भएको बताउँदै अब राष्ट्रिय वाणिज्य बैंक परम्परागत प्रणालीबाट डिजिटलाइजेशन तर्फ गएको बताए । बैंकले अन्तर्राष्ट्रिय स्तरको उन्नत बैंकिङ प्रविधिमा आधारित कोर बैंकिङ सफ्ट्वेर भित्र्याउन आईटी इनहान्समेन्ट रोडम्यापअन्तर्गत कार्य समेत गरिरहेको उनले बताए । 

सीईओ श्रेष्ठले बैंकले आधुनिक डिजिटल बैंकिङ सेवा प्रवाह गरिरहेकाले सबै ग्राहकहरुलाई निर्धक्कसँग बैंकिङ सेवा प्रयोग गर्न अनुरोध गरे । 

बैंकले हाल ७ वटै प्रदेशका ७७ जिल्लाका सदरमुकाम सहित देशैभर रहेका २८५ शाखा कार्यालय, २६९ एटिएम, ९९ वटा शाखा रहित बैंकिङ सेवा, ६९ वटा एक्स्टेन्सन काउण्टर, क्यूआर कोड सेवा, पस सेवा, क्रेडिट कार्ड, डेविट कार्ड, कनेक्ट आईपीएस, स्मार्ट क्यूआर टेलर (बिना चेक रकम झिक्न सकिने), इन्टरनेट बैंकिङ, परिष्कृत रुपको मोवाइल बैंकिङ (डिजिटल संसार) तथा बिना इन्टरनेट चल्ने मोवाइल बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ । 
 

All financial information at  your fingertips.


शेयर गर्नुहोस