गरिमा विकास बैंकको लाभांश घोषणा, बोनस सेयर साढे नौ प्रतिशत

गरिमा विकास बैंकको लाभांश घोषणा, बोनस सेयर साढे नौ प्रतिशत

बैंक खबर । गरिमा विकास बैंकले सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । पुस ४ गते बसेको बैंक सञ्चालक समितिको बैठकले सेयरधनीलाई आर्थिक वर्ष २०७९/८०को सञ्चित मुनाफा तथा सेयर प्रिमियमबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

प्रस्तावित लाभांशमध्ये ९.५० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनका निम्ति ०.५० प्रतिशत नगद लाभांश वितरण गर्नेछ । प्रस्तावित यो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारणसभाबाट परित भएपछि सेयरधनीमा वितरण हुनेछ ।
 

All financial information at your fingertips.


शेयर गर्नुहोस