सानिमा बैंकको ५ लाख १० हजार कित्ता शेयर बिक्रीमा, संस्थापक शेयरधनीले किन्नसक्ने

सानिमा बैंकको ५ लाख १० हजार कित्ता शेयर बिक्रीमा, संस्थापक शेयरधनीले किन्नसक्ने

बैंक खबर । सानिमा बैंकले ५ लाख १० हजार कित्ता संस्थापक शेयर बिक्रीका लागि आह्वान गरेको छ । विद्यमान संस्थापक शेयरधनीको नाममा रहेको संस्थापक शेयर बिक्रीमा ल्याएको हो । बैंकले ३५ दिने म्यादसहित शेयर बिक्रीका लागि सूचना जारी गरेको छ । 

राष्ट्र बैंकको व्यवस्था अनुसार बैंकका विद्यमान संस्थापकले मात्रै शेयर खरिद गर्न सक्नेछन् । बिक्रेताहरुले अपेक्षित मूल्य निर्धारण गरेर बिक्रीका लागि पेस गरेका छन् । जस अनुसार प्रतिकित्ता १४५ रुपैयाँका दरले बिक्री हुने जनाइएको छ । 

तोकिएको ३५ दिन अवधिभित्र शेयर बिक्री नभएमा सर्वसाधारण लगानीकर्ता र संस्थाहरुको लागि आह्वान हुने प्रावधान छ । 

शेयरमा लगानीगर्न इच्छुक संस्थापक शेयरधनीले म्याद अवधिभित्र किन्न चाहेको शेयर कित्ता र आशय मूल्य सहितको निवेदन पेश गर्नुपर्ने हुन्छ । इच्छुक संस्थापक शेयरधनीले न्यूनतम २ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । 

All financial information at your fingertips.


शेयर गर्नुहोस