साना किसान विकास लघुवित्तको लाभांश संशोधन

साना किसान विकास लघुवित्तको लाभांश संशोधन

बैंक खबर । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले यसअघि घोषणा गरेको लाभांश परिमार्जन गरेको छ । लघुवित्तले यसअघि सेयरधनीलाई २० प्रतिशतका दरले लाभांंश वितरण गर्ने प्रस्ताव गरेको थियो । तर उक्त प्रस्ताव राष्ट्र बैंकले स्वीकृत नगरेपछि संशोधन गरेको हो ।

संशोधन पछि हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजन सहित ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । 

संशोधित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीमा वितरण हुनेछ । 

All financial information at your fignertips.


शेयर गर्नुहोस