नबिल र नेपाल एसबिआई बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

नबिल र नेपाल एसबिआई बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बैंक खबर । नबिल बैंक र नेपाल एसबिआई बैंकको लाभांश सुरक्षित गर्ने आज (मंसिर २८ गते) अन्तिम दिन रहेको छ। दुवै बैंकले शुक्रबार सेयरधनी दर्ता किताब बन्द गर्ने भएकाले आजसम्म कायम सेयरधनीले लाभांश पाउन सक्नेछन् । दुवै बैंकले साधारणसभाको मिति तय गरीसकेका छन् । 

नबिल बैंकले पुस १२ गते ३९औँ वार्षिक साधारणसभा गर्दैछ । नबिलले गत आर्थिकवर्षको मुनाफाबाट ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

नेपाल एसबिआई बैंकले पुस १३ गते ३०औँ वार्षिक साधारणसभा गर्दैछ । एसबिआईले पनि १० दशमलव ५५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 
यी दुवै बैंकको सेयर आजसम्म खरिद गरेका लगानीकर्ताले लाभांश प्राप्त गर्न सक्नेछन् ।

All financial information at your fignertips.


शेयर गर्नुहोस