डलरको मूल्य अहिलेसम्मकै उच्च

डलरको मूल्य अहिलेसम्मकै उच्च

अर्थतन्त्र । डलरको भाउ बढेर फेरि नयाँ उचाइमा पुगेको छ । आज (मंसिर २८ गते) १ अमेरिकी डलरको बिक्री दर १३३ रुपैयाँ ७५ पैसा पुगेको छ । यसअघि मंसिर १५ गते डलरको मूल्यले रेकर्ड बनाएको थियो । सो दिन एक अमेरिकी डलरको बिक्री दर १३३ रुपैयाँ ७४ पैसा थियो। 

भारतीय मुद्रा कमजोर हुँदा डलर महँगिएर नेपाली रुपैयाँ पनि कमजोर बनेको हो । नेपाली मुद्रा र भारतीय मुद्राबीच स्थिर विनिमय दर कायम भएकाले भारतीय मुद्रा अवमूल्यन हुँदा नेपाली रुपैयाँ पनि सस्तिन्छ । 

डलरको भाउ बढ्दाको फाइदा
डलरको भाउ बढ्दा रेमिट्यान्स आप्रवाह बढ्छ । किनभने विदेशमा काम गर्ने नेपालीले धेरै पैसा पठाउँछन् ।

निर्यात ब्यापारमा फाइदा हुन्छ । वस्तु निर्यात गर्दा डलर प्राप्त हुन्छ र त्यो पैसा नेपाली रुपैयाँमा परिवर्तन गर्दा धेरै पैसा प्राप्त हुन्छ । 

पर्यटन क्षेत्रको आयमा पनि सुधार हुन्छ । 

डलरको भाउ बढ्दाको बेफाइदा
आयातमूखि बजार भएकाले डलरको भाउ बढ्दा महँगो पर्छ । अर्थात विदेशी मुद्रा तिरेर आयात गर्नुपर्ने सामान ल्याउँदा महँगो पर्छ । यसले मूल्यवृद्धिमा चाप पर्छ ।

विदेशबाट कच्चापदार्थ आयात गरेर वस्तु उत्पादन गर्ने उद्योगको लागत बढ्छ । उद्योगको लागत बढेपछि उत्पादित वस्तुको मूल्य बढ्छ । 

डलरको भाउ बढ्दा सरकारलाई विदेशी ऋण र साँवा भुक्तानीमा अतिरिक्त भार पर्छ। विदेश अध्ययनमा जाने विद्यार्थीले पनि धेरै पैसा खर्च गर्नुपर्छ । 
 

All financial information at your fingertips.


भिडियो हेर्नुहोस

शेयर गर्नुहोस