सात अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउँदै सरकार

सात अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउँदै सरकार

बैंक खबर । सरकारले ७ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । नेपाल राष्ट्र बैंकले सरकारलाई आवश्यक रकम जुटाउन ८ वर्ष अवधिको विकास ऋणपत्र बिक्री गर्न लागेको हो । 

बोलकबोल प्रक्रियाबाट बिक्री हुने सो ऋणपत्र खरिदको लागि बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागमा आवेदन दिन सक्नेछन् । 

इच्छुक खरिदकर्ता प्रतिस्पर्धी र अप्रतिस्पर्धी रुपमा सहभागी हुन सक्नेछन्। प्रतिस्पर्धी खरिदकर्तालाई निष्काशित रकमको ८५ प्रतिशत अर्थात ५ अर्ब ९५ करोड रुपैयाँ छुट्याएको छ भने अप्रतिस्पर्धीका लागि १५ प्रतिशत अर्थात १ अर्ब ५ करोड छुट्याएको छ।

ऋणपत्र खरिद गर्न इच्छुक लगानीकर्ताले मंसिर १९ गते दिउँसो ३ बजेसम्म अनलाइनमार्फत बोलपत्र पेश गर्नुपर्नेछ । न्यूनतम ५० हजार र बढीमा निष्कासित रकमको सीमासम्म ५०,०००ले भाग गर्दा  निःशेष भाग जाने अंकसम्म बोलपत्र पेश गर्न पाइनेछ।

ऋणपत्र मंसिर २० गते निष्काशन हुनेछ भने २०८८ मंसिर २० गते परिपक्व (साँवा भुक्तानी) हुनेछ। ऋणपत्रको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ । अर्धवार्षिक रुपमा ब्याज भुक्तानी हुने केन्द्रीय बैंकले जनाएको छ । 

All financial information at your fingertips.


शेयर गर्नुहोस