नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
२०८१ पुस २१ गते आइतबार ।
बैंकको खबर । नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
वार्षिक साधारणसभा तथा लाभांश प्रयोजनका लागि कम्पनीले पुस २२ गते बुक क्लोज गर्ने भएकाले आज २१ गतेसम्म नेप्सेमा कारोबार गरी कायम सेयरधनीले मात्र साधारणसभामा सहभागीता जनाउन र त्यहाँबाट पारित भएको लाभांश प्राप्त गर्न सक्नेछन् ।
कोषले गत वर्षको नाफाबाट सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद गरी १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सो लाभांश प्रस्ताव पारित गर्न कोषले पुस २९ गते ३० औं वार्षिक साधारणसभा बोलाएको छ ।
सभा, कोषको केन्द्रीय कार्यालय, नयाँबानेश्वर काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ ।
२०८१ पुस २१ गते आइतबार ।
All banking information at your fingertips.