आइएमई पे र प्रोफेसनल कम्युटर सिस्टम (पीसीएस)बीच सम्झौता

आइएमई पे र प्रोफेसनल कम्युटर सिस्टम (पीसीएस)बीच सम्झौता

बैंक खबर । आइएमई पे र प्रोफेसनल कम्युटर सिस्टम (पीसीएस)बीच खुलामुखी योजनामा सहकार्य गर्नेसम्बन्धी सम्झौता भएको छ । सम्झौतापछि कुनैपनि क्यापिटलको वेवसाइटमार्फत युनिट पर्चेज र एसआईपी लगानी योजनामा आइएमई पेका ग्राहकले आफ्नै वालेटमा प्रवेश गरी लगानी गर्न सक्नेछन् । 

सोसम्बन्धी सम्झौतापत्रमा आईएमई पेका सीईओ प्रविण रेग्मी, क्यापिटल मार्केट विभागका प्रमुख माधव कटुवाल र  पीसीएसका सीईओ मोहम्मद इल्ताफ हुसैन अन्सारी तथा वरिष्ठ व्यवसाय विकास अधिकृत किर्तनराज दाहालले हस्ताक्षर गरेका छन् । हस्ताक्षर शुक्रबार भएको कम्पनीले जनाएको छ । 

यससँगै आइएमई पेका ग्राहकले मर्चेन्ट एण्ड इन्भेष्टमेन्ट बैंकिङबाट सञ्चालित खुलामुखी योजनामा सहजै लगानी गर्न सक्नेछन् । 

यो सुविधाले देशबाहिर रहेका नेपालीहरुले पनि खुलामुखी योजनामा क्यापिटलको वेवसाइटमा गई आइएमई पेको वालेट प्रयोग गरी एसआईपीमा लगानी गर्नसक्ने विश्वास कम्पनीले गरेको छ । 
 

All financial information at your fingertips.


शेयर गर्नुहोस