नबिल बैंकको साधारणसभा पुस १३ गते, लाभांश पारित गर्ने

नबिल बैंकको साधारणसभा पुस १३ गते, लाभांश पारित गर्ने

बैंक खबर । नबिल बैंकले पुस १३ गते शुक्रबार ३९औँ वार्षिक साधारणसभा डाकेको छ । बैंकले साधारणसभाबाट गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको लाभांश पारित गर्नेछ।

मंसिर १४ गते बसेको बैंक सञ्चालक समितिको बैठकले पुस १३ गते आर्मी अफिसर्स क्लब भद्रकालीमा साधारणसभा आह्वान गर्ने निर्णय गरेको हो। सभा बिहान १० बजेदेखि सुरु हुने छ।

नबिल बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। सो लाभांश साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितारण हुनेछ । 

All financial information at your fingertips.


शेयर गर्नुहोस