बंगलादेशलाई एडीबीको एक अर्ब अमेरिकी डलर ऋण सहयोग

बंगलादेशलाई एडीबीको एक अर्ब अमेरिकी डलर ऋण सहयोग

अन्तर्राष्ट्रिय । बंगलादेश सरकार र एसियाली विकास बैंक (एडीबी) बीच एक अर्ब अमेरिकी डलरभन्दा बढीको ऋण सम्झौतामा भएको छ । मंगलबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ । 

एडीबीले बंगलादेशलाई ऊर्जा दक्षता अभिवृद्धि, खोप आपूर्ति सुरक्षा सुनिश्चित गर्न, स्वच्छ खानेपानी र सूचना प्रविधि (आइटी) सम्बन्धी पूर्वाधार र प्रणालीहरू विकास गर्न तथा व्यापार करिडोर स्तरवृद्धि गर्न सो ऋण उपलब्ध गराएको हो । 

स्मार्ट मिटरिङ ऊर्जा दक्षता सुधार परियोजनाले आवासीय ग्राहकहरूका लागि छ लाख पचास हजार स्मार्ट प्रिपेड ग्यास मिटर स्थापना गरेर घाटा कम गर्न सरकारको प्रयासलाई सहयोग गर्नेछ । बैंकका अनुसार खोप, थेराप्युटिक्स एण्ड डायग्नोस्टिक्स म्यानुफ्याक्चरिङ एन्ड रेगुलेटरी स्ट्रेन्थेनिङ परियोजनाले गोपालगञ्जमा प्रति पाँच करोड ८० लाख खोप उत्पादन गर्ने क्षमताको एसेन्सियल ड्रग्स कम्पनी लिमिटेड (इडिजिएल) खोप, थेराप्युटिक र डायग्नोस्टिक्स उत्पादन सुविधा र भण्डारण एकाइ स्थापना गर्नेछ ।  

परियोजनाले कम्तीमा पाँच फिल–एन्ड–फिनिस खोपका अतिरिक्त बीज बैंक, मास्टर सेल बैंक र वर्किङ सेल बैंक विकास गरेर कम्तीमा दुई पूर्ण–चक्र खोपको निर्माणमा पनि सहयोग गर्नेछ । 

बैंकका अनुसार चट्टोग्राम पहाडी क्षेत्र समावेशी र लचिलो सहरी खानेपानीआपूर्ति तथा सरसफाइ आयोजनाले बन्दरवन, लामा र रङ्गमती सहरमा प्रतिदिन चार करोड ४४ लाख लिटरको कूल क्षमताको पानी प्रशोधन केन्द्र निर्माण गर्नेछ । यस्तै २४ किलोमिटर प्रसारण लाइन पनि निर्माण हुनेछ । साथै तीन सय ४० किलोमिटर नयाँ पानी वितरण नेटवर्क घरपरिवारमा जडान हुनेछ । 

उक्त परियोजनाले मल र ठोस फोहरको प्रशोधन र व्यवस्थापनका लागि दुई वटा एकीकृत व्यवस्थापन सुविधा पनि विकास गर्नेछ । 

All financial information at your fingertips.


शेयर गर्नुहोस