सिटिजन्स बैंकका ग्राहकलाई हेरिटेज फ्लोरिङमा छूट

सिटिजन्स बैंकका ग्राहकलाई हेरिटेज फ्लोरिङमा छूट

बैंक खबर । सिटिजन्स बैंक इन्टरनेसनल र काठमाडौंको महादेवस्थानस्थित ‘हेरिटेज फ्लोरिङ कार्पेट इन्डस्ट्रिज’बीच बैंकका ग्राहकलाई छूट दिनेसम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार ग्राहकले सिटिजन्स बैंकको कार्डबाट भुक्तानी गर्दा कम्पनीका उत्पादनमा १० प्रतिशतसम्म छूट पाउने छन् । 

यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । 

बैंकले डिजिटल बैंकिङको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल भुक्तानी प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको जनाएको छ । 

All financial information at your fingertips.


शेयर गर्नुहोस