ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बैंक खबर । ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने मंगलबार अन्तिम दिन रहेको छ । गत कात्तिक १९ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट एक प्रतिशत बोनस सेयर र सोको कर प्रयोजन सहित ८ प्रतिशत नगद वितरण गर्ने प्रस्ताव गरेको छ ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले मंसिर १३ गते बुकक्लोज गर्दै छ। सो अनुसार मंसिर १२ गते मंगलबारसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले साधारणसभामा सहभागिता हुन र लाभांश प्राप्त गर्न सक्नेछन्। 

बैंकले मंसिर २८ गते, बिहीबार, नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा १७ औँ वार्षिक साधारणसभा गर्दैछ ।

All financial information at your fingertips.


शेयर गर्नुहोस