कामना सेवा विकास बैंकले लाभांश वितरण नगर्ने

कामना सेवा विकास बैंकले लाभांश वितरण नगर्ने

बैंक खबर । कामना सेवा विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने भएको छ। बैंक सञ्चालक समितिको कात्तिक २१ गते बसेको बैठकले गत आर्थिक वर्षको अन्त्यसम्म कायम रहेको वितरण योग्य मुनाफा सञ्चित गर्ने र लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

सोही निर्णय गरी बैंकले सो आर्थिक वर्षको वित्तीय विवरण नेपाल राष्ट्र बैंकमा पेश गरेको छ। राष्ट्र बैंकबाट सुझाव तथा निर्देशन प्रप्त भएमा सो समेत समावेस गरी आगामी वार्षिक साधारणसभामा स्वीकृतिका लागि पेश गर्ने बैंकले जनाएको छ । 
 

All financial information at your fingertips.


शेयर गर्नुहोस