सेयरबजारमा नेप्से बढ्यो, कारोबार घट्यो

सेयरबजारमा नेप्से बढ्यो, कारोबार घट्यो

बैंकको खबर । सेयरबजारमा मंगलबार बढेको छ । नेप्से परिसूचक २५.८८ अंकले बढेर २६६५.८१ विन्दुमा कायम भएको छ । कारोबार भएका सबै समूह बढ्दा बजार हरियो बनेको हो । यस्तै कारोबार भएका २४४ कम्पनीमध्ये २०० वटाको सेयरमूल्य बढेको छ भने ३९ वटाको घटेको छ । बाँकी पाँच वटाको स्थिर रहेको छ ।

बजार बढेपनि कारोबार रकममा भने गिरावट आएको छ । सोमबार पाँच अर्ब ९० करोडको सेयर किनबेच भएको बजारमा मंगलबार चार अर्ब १७ करोड रुपैयाँको मात्रै कारोबार भयो । 

सबैभन्दा धेरै फाइनान्स समूह ३.०३ प्रतिशत बढेको छ । त्यसपछि उत्पादन तथा प्रशोधन समूह २.१४ प्रतिशत, जलविद्युत १.४२ प्रतिशत, विकास बैंक समूह १.२५ प्रतिशत र अन्य समूह १.०२ प्रतिशत बढेको छ । बाँकी सबै समूह एक प्रतिशतभन्दा कमले बढेका छन् । 

रावा इनर्जि डेभलपमेन्ट लिमिटेडको सेयरमूल्य सर्वाधिक ८.८६ प्रतिशत बढेको छ । सबैभन्दा धेरै गिरावट विन नेपाल लघुवित्तको सेयरमूल्यमा गिरावट आएको छ । यो कम्पनीको सेयरमूल्य ४.७५ प्रतिशतले घटेको छ । गुडविल फाइनान्सको सेयर कारोबार सबैभन्दा धेरै १७ करोड ३२ लाख रुपैयाँ बराबरको भएको छ । 

बजार पुँजीकरण ४१ अर्ब रुपैयाँले बढेर ४२ खर्ब ३८ अर्ब रुपैयाँ कायम भएको छ । साधारण सेयर तर्फको बजार पुँजीकरण २१ अर्ब रुपैयाँ बढेर १४ खर्ब ८२ अर्ब रुपैयाँ कायम भएको छ । 

All banking information at your fingertips.


शेयर गर्नुहोस