इमर्जिङ्ग नेपालको नगद लाभांश घोषणा

इमर्जिङ्ग नेपालको नगद लाभांश घोषणा

बैंक खबर । इमर्जिङ्ग नेपाल लिमिटेडले गत आर्थिक वर्षको मुनाफबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ८.४२१०५ प्रतिशत कर सहित नगद लाभांश घोषणा गरेको हो । 

कम्पनीले कुल ४ करोड ६७ लाख ८७ हजार ३६८ रुपैयाँ ४२ पैसा बराबरको नगद लाभांश वितरण गर्ने छ।

कात्तिक २१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने प्रस्ताव साधारणसभामा लैजाने निर्णय गरेको हो । अर्थ मन्त्रालयबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सो लाभांश सेयरधनीमा वितरण हुने कम्पनीले जनाएको छ । 

All financial information at your fingertips.


शेयर गर्नुहोस