म्युचुअल फण्डले आरक्षणको आईपीओ ६ महिनासम्म बेच्न नपाउने

म्युचुअल फण्डले आरक्षणको आईपीओ ६ महिनासम्म बेच्न नपाउने

बैंक खबर । नेपाल धितोपत्र बोर्डले म्युचुअल फण्ड कम्पनीहरुलाई ६ महिनासम्म आरक्षणको आईपीओ बेच्न रोक लगाएको छ । कारोबारको पहिलो दिननै सप्लाई दिएर बजार घटाउन थालेपछि बोर्डले म्युचुअल फन्डलाई ६ महिनासम्म आरक्षणको सेयर बिक्री गर्न नपाउने व्यवस्था गरेको हो ।

बोर्डले कात्तिक २१ गतेदेखि लागू हुने गरी सम्पूर्ण योजना व्यवस्थापकहरुलाई आरक्षणमा पाएको सेयर बाँडफाटँ भएको मितिले ६ महिना पुरा नभएसम्म बिक्री वा हस्तान्तरण गर्न रोक लगाएको हो । 

आईपीओ बाँडफाँट भएको आगामी छ महिनामै म्युचुअल फण्ड परिपक्व हुने भए त्यस्ता योजनालाई भने नयाँ निर्देशनले सेयर बेच्न नरोक्ने बोर्डले जनाएको छ । 

All financial information at your fingertips.


शेयर गर्नुहोस