सिद्धार्थ बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन 

सिद्धार्थ बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन 

बैंकको खबर । सिद्धार्थ बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले लाभांश वितरण तथा साधारणसभा प्रयोजनका लागि कात्तिक २१ गते एक दिन सेयर दाखिला खारेज (बुक क्लोज) गर्दैछ । यसअनुसार आज कात्तिक २० गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले बैंकको साधारणसभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

बैंकले मंसिर ५ गते बाईसौँ वार्षिक साधारणसभा डाकेको छ। सो सभा आम्रपाली बैङक्वेट, बालुवाटार, काठमाडौँमा बिहान १० बजेदेखि सुरु हुनेछ।

बैंकको साधारणसभाले सञ्चालक समितिले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पूँजीको ४.२१ प्रतिशतका दरले हुन आउने ५९ करोड ३१ लाख ८८ हजार १६६ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्ज अथवा एक्वायर गर्ने सम्बन्धमा आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि पारित गर्नेछ ।

All financial information at your fingertips.


शेयर गर्नुहोस