नबिल बैंकको नाफा घट्यो, ईपीएस २१ रुपैयाँ ३१ पैसा

नबिल बैंकको नाफा घट्यो, ईपीएस २१ रुपैयाँ ३१ पैसा

बैंक खबर । नबिल बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ४६ करोड ९३ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.५१ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ५७ करोड १५ लाख रुपैयाँ नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी बढेपनि इम्पेरिमेन्ट चार्ज बढेका कारण बैंकको खुद नाफा घट्न पुगेको हो । बैंकको इम्पेरिमेन्ट चार्ज ११.९० प्रतिशत बढेको छ । यस्तै समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी १३.५१ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ४.६८ प्रतिशत घटेको छ।

असोज मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ४ अर्ब १७ करोड ३९ लाख रुपैयाँ छ। गत आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद ब्याज आम्दानी ३ अर्ब ६७ करोड ७१ लाख रुपैयाँ थियो ।

बैंकको निक्षेप संकलन गत असारमा भन्दा ४.५४ प्रतिशत बढेर ४ खर्ब १४ अर्ब ८५ करोड ३८ रुपैयाँ पुगेको छ । यो अविधमा बैंकले ३ खर्ब ५३ अर्ब ५६ करोड ६४ लाख रुपैयाँ लगानी गरेको छ । गत असारसम्म बैंकको निक्षेप ३ खर्ब ९६ अर्ब ८४ करोड ३४ लाख रुपैयाँ थियो भने कर्जा लगानी ३ खर्ब ३२ अर्ब ६९ करोड ८८ लाख रुपैयाँ थियो ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानीमा पनि कमी आएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा बैंकको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ४४ पैसाले घटेर २१ रुपैयाँ ३१ पैसामा झरेको छ । बैंकको मूल्य आम्दानी अनुपात २६.८४ गुणा छ भने प्रतिसेयर नेटवर्थ २१८ रुपैयाँ २७ पैसा छ। बैंकको खराब कर्जा २.३३ प्रतिशतबाट बढेर ३.६९ प्रतिशत पुुगेको छ ।

२७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा २८ अर्ब ३९ करोड ४ लाख रुपैयाँ सञ्चित छ।  असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ६० करोड ९८ लाख रुपैयाँ रहेको छ ।

All financial information at your fingertips.


शेयर गर्नुहोस