नाफासँगै बढ्यो निफ्राको प्रतिसेयर आम्दानी

नाफासँगै बढ्यो निफ्राको प्रतिसेयर आम्दानी

बैंक खबर । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको खुद नाफा र प्रतिसेयर आम्दानी बढेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकले ४१ करोड ३८ लाख ९९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.३० प्रतिशत बढी हो। गत आर्थिक वर्षको असोज मसान्तसम्म बैंकको नाफा ३७ करोड ८६ लाख ७९ हजार रुपैयाँ थियो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेपछि बैंकको खुद नाफामा पनि सुधार देखिएको हो । बैंकको खुद ब्याज आम्दानी ६.९९ प्रतिशत बढेर ७० करोड १५ लाख  ४५ हजार रुपैयाँ पुगेको छ। बैंकको सञ्चालन मुनाफा ९.२८ प्रतिशत बढेर ५९ करोड ११ लाख ८९ हजार रुपैयाँ कायम भएको छ ।

२१ अर्ब ६० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २ अर्ब ५९ करोड ६६ लाख ३३ हजार रुपैयाँ सञ्चित छ। बैंकको निक्षेप १०८.१३ प्रतिशत बढेर ८२ करोड ३३ लाख ८९ हजार पुगेको छ भने कर्जा ६.३१ प्रतिशत बढेर १८ अर्ब ९३ करोड ३९ लाख ७० हजार कायम भएको छ। 

नाफा बढेपछि प्रतिसेयर आम्दानीमा पनि सुधार आएको छ । बैंकको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ६६ पैसा पुगेको छ। असोज मसान्तसम्ममा बैंकको प्रतिसेयर नेटवर्थ ११२ रुपेयाँ २ पैसा र मूल्य आम्दानी अनुपात २४.३६ गुणा छ।

पहिलो त्रैमासमा बैंकको वितरणयोग्य मुनाफा २१ करोड २४ लाख रुपैयाँ कायम भएको छ।

All financial information at your fingertips.


शेयर गर्नुहोस