तिहारका लागि सुनको असर्फी र चाँदीको सिक्का बिक्री गर्दै राष्ट्र बैंक

तिहारका लागि सुनको असर्फी र चाँदीको सिक्का बिक्री गर्दै राष्ट्र बैंक

बैंक खबर । नेपाल राष्ट्र बैंकले तिहारको लागि कात्तिक १९ गते आइतबारदेखि सुनको असर्फी र चाँदीको सिक्का बिक्री गर्ने भएको छ।

राष्ट्र बैंकले कात्तिक १९ देखि २४ गतेसम्म हरेक दिन बिहान ११ बजेदेखि ३ बजेसम्म असर्फी बिक्री गर्ने तयारी गरेको जनाएको छ । 

राष्ट्र बैंकका अनुसार एक व्यक्तिले बढीमा एक सेट असर्फी खरिद गर्न पाउनेछन् । जसमा कुल साढे १७ ग्रामको असर्फी हुन्छ । 

गाईअंकित २५ ग्रामको एउटा सिक्का, गाईअंकित १० ग्रामको सिक्का, लक्ष्मी अंकित १० ग्रामको सिक्का, गणेश अंकित १० ग्रामको सिक्का र गजलक्ष्मी अंकित १० ग्रामको एक सेट चाँदीको सिक्का खरिद गर्न पाउने राष्ट्र बैंकले जनाएको छ ।
 

All financial information at your fingertips.


शेयर गर्नुहोस