मुद्दति खातामा निक्षेप लगानी गर्दै नेपाल धितोपत्र बोर्ड

मुद्दति खातामा निक्षेप लगानी गर्दै नेपाल धितोपत्र बोर्ड

बैंक खबर। नेपाल धितोपत्र बोर्डले वाणिज्य बैंकहरुको मुद्दति खातामा निक्षेप लगानी गर्ने भएको छ ।  बोर्डले अक्षय कोषबाहेकको लगानी योग्य रकम मुद्दति खातामा राख्न वाणिज्य बैंकहरुसँग ब्याजदर प्रस्ताव माग गरेको हो ।

निक्षेप लिन चाहने वाणिज्य बैंकहरुले आफूले दिनसक्ने एक वर्षे ब्याजदर सहित प्रस्ताव पेस गर्न सक्नेछन् । ब्याजदर प्रस्ताव कात्तिक १९ गते कार्यालय समयभन्दा १ घन्टा अगाडि योग्यता खुल्ने आवश्यक कागजातसहित पेस गर्नुपर्ने बोर्डले जनाएको छ ।

प्राप्त शिलबन्दी प्रस्तावहरु कात्तिक १९ गते अपरान्ह ४ः१५ बजे ललितपुरको खुमलटारस्थित बोर्डको कार्यालयमा खोलिने बताएको छ ।

All financial information at your fingertips.


शेयर गर्नुहोस