सिटिजन्स बैंकका ग्राहकलाई द द्वारिकाज होटलमा छुट

सिटिजन्स बैंकका ग्राहकलाई द द्वारिकाज होटलमा छुट

बैंक खबर । सिटिजन्स बैंक र काठमाडौंको बत्तिसपुतली स्थित द द्वारिकाज् होटलबीच बैंकका ग्राहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । 

सम्झौता अनुसार सिटिजन्स बैंकका कार्डबाहक ग्राहकले द द्वारिकाज् होटलद्वारा सञ्चालित माकोज् रेस्टुरेन्ट र तोरन रेस्टुरेन्टमा १० प्रतिशतसम्म छुट पाउने छन् । 

बैंकले यस किसिमको सहकार्यबाट आफ्ना ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास व्यक्त गरेको छ ।

बैंकले डिजिटल बैंकिङ माध्यमको प्रयोग बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय(समयमा ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको छ ।

बैंकले देशैभरका १८८ शाखा, १४८ एटीएम र ९७ शाखारहित बैंकिङ इकाइबाट १६ लाख ६७ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

All financial information at your fingertips.


शेयर गर्नुहोस