सहकारीमा रकम घोटला गर्ने पाँचजना पक्राउ

सहकारीमा रकम घोटला गर्ने पाँचजना पक्राउ

बैंकको खबर । बचतकर्ताको रकम घोटला गर्ने खोटाङ स्थित लालुपाते बहुुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सञ्चालक समितिका उपाध्यक्ष अर्जुन चौलागाईंसहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । 
पक्राउ पर्नेमा सहकारीका उपाध्यक्ष चौलागाईं, सचिव मनोज राई, कोषाध्यक्ष रमा शाक्य, लेखा समिति संयोजक प्रितम श्रेष्ठ र लेखापाल सुमना राई छन् । उनीहरुलाई प्रहरीले कात्तिक १२ गते आइतबार पक्राउ गरेको हो । 

प्रहरीले यसअघि सहकारी सञ्चालक समितिका तत्कालिन अध्यक्ष अनिल जोशीका परिवारसहित आठ जनामध्ये तीन जानलाई पक्राउ गरिसकेको थियो । 

सहकारीमा भएको आर्थिक अनियमितता प्रकरणमा मुछिएका व्यक्तिमाथि थप अनुसन्धान गर्न सञ्चालक समितिका पदाधिकारीलाई समेत नियन्त्रणमा लिनुपर्ने अवस्था देखिएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । 

All financial information at your fingertips.


शेयर गर्नुहोस