वित्तीय प्रणालीमा साढे १७ करोड निक्षेप पठाउँदै राष्ट्र बैंक

वित्तीय प्रणालीमा साढे १७ करोड निक्षेप पठाउँदै राष्ट्र बैंक

बैंक खबर । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप पठाउने भएको छ । केन्द्रीय बैंकले विभिन्न कोषमा रहेको १७ करोड ६७ लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थामा मुद्दति निक्षेप लगानी गर्न लागेको हो । 

राष्ट्र बैंकले वाणिज्य बैंकहरुमा १४ करोड १४ लाख रुपैयाँ, राष्ट्रिय स्तरका विकास बैंकहरुमा दुुई करोड ६५ लाख रुपैयाँ र राष्ट्रिय स्तरका फाइनान्स कम्पनीहरुमा ८८ लाख रुपैयाँ निक्षेप राख्न लागेको जनाएको छ ।

निक्षेप लिन इच्छुुक बैंक तथा वित्तीय संस्थाले यही कात्तिक १५ गते राती १२ बजेभित्र आफूले लिन चाहेको रकम र ब्याजदर प्रस्ताव पेश गर्नुपर्नेछ । 

यो निक्षेप आगामी मंसिर ४ गतेदेखि २०८१ मंसिर ३ गतेसम्म ३६५ दिनका लागि लगानी गर्न लागेको राष्ट्र बैंकले जनाएको छ। 

All financial information at your fingertips.


शेयर गर्नुहोस