कात्तिक २१ देखि एफपीओ निष्कासन गर्दै उन्नति सहकार्य लघुवित्त

कात्तिक २१ देखि एफपीओ निष्कासन गर्दै उन्नति सहकार्य लघुवित्त

बैंक खबर। उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले कात्तिक २१ गतेदेखि धितोपत्रको थप सार्वजनिक निष्कासन (एफपीओ) निष्काशन गर्ने भएको छ । लघुवित्तले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम संस्थापक र साधारण सेयर संरचना कायम गर्न एफपीओ जारी गर्न लागेको हो। 

साविकको उन्नति लघुवित्त र सहकार्य लघुवित्त गाभिएपछि बनेको उन्नति सहकार्य लघुवित्तको पुँजी संरचना संस्थापक समूहको ७५.४५ प्रतिशत र सर्वसाधारणको २४.५५ प्रतिशत छ। सोही पुँजी संरचना बैंक तथा वित्तीय संस्था सम्बन्धी  ऐन अनुसार ७०/३० को अनुपात कायम गर्न कम्पनीले एफपीओ जारी गर्न लागेको लघुवित्तले जनाएको छ ।

लघुवित्तले प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यमा १ करोड ७८ लाख ४५ हजार एक सय १८ रुपैयाँ बराबरको एक लाख ७८ हजार चार सय ५१.१८ कित्ता सेयर निष्कासन गर्न लागेको हो । 

एफपीओमा लगानीकर्ताले कात्तिक २१ देखि २४ गतेसम्म आवेदन दिन सक्नेछन् । सो समयमा माग भएजति आवेदन नपरे आवेदन दिने अवधि मंसिर पाँचसम्म थप हुने लघुवित्तले जनाएको छ । लगानीकर्ताले एफपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । 

आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सीडीएस एण्ड क्लियरिङ लिमिटेडको सफ्टवेयर ‘मेरो सेयर’ मार्फत दिन सकिने लघुवित्तले जनाएको छ ।

लघुवित्तले एफपीओ निष्कासनका लागि गराएको रेटिङमा क्रेडिट रेटिङ कम्पनी इक्रा नेपालले ‘इक्रा एनपी इस्यूअर रेटिङ बी प्लस’ प्रदान गरेको छ । लघुवित्तको एफपीओ निष्कासनको लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।

अहिले लघुवित्तको चुक्ता पुँजी २२ करोड ९० लाख २० हजार छ सय १८ रुपैयाँ २९ पैसा छ। एफपीओ निष्कासनपश्चात लघुवित्तको चुक्ता पुँजी २४ करोड ६८ लाख ६५ हजार सात सय ३६ रुपैयाँ ३२ पैसा पुग्नेछ ।

All firancial information at your fingertips.


शेयर गर्नुहोस