वाणिज्य बैंकहरुको दुई महिनाको नाफा १६ अर्ब ६४ करोड

वाणिज्य बैंकहरुको दुई महिनाको नाफा १६ अर्ब ६४ करोड

बैंक खबर । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको पहिलो दुई महिना (साउन र भदौमा)मा १६ अर्ब ६४ करोड ८६ लाख रुपैयाँ नाफा कमाएका छन् । यो नाफा २० वटा वाणिज्य बैंकको हो ।

यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५४ करोड रुपैयाँ बढी हो । गत आर्थिक वर्ष साउन र भदौमा वाणिज्य बैंकहरुले १६ अर्ब ११ करोड रुपैयाँ नाफा कमाएका थिए । 

साउनमा वाणिज्य बैंकहरुले ८ अबै ५२ करोड रुपैयाँ खुद नाफा कमाएका थिए । 

विवरणअनुसार ग्लोबल आइएमई बैंकले सबैभन्दा धेरै नाफा कमाएको छ । बैंकले दुई महिनामा १ अर्ब ७५ करोड ५८ लाख रुपैयाँ नाफा कमाएको छ । दोस्रोमा नबिल बैंकले १ अर्ब ५६ करोड ४५ लाख रुपैयाँ मुनाफा कमाएको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले पनि १ अर्ब ४८ करोड रुपैयाँ कमाएको छ ।

एक अर्बभन्दा बढी नाफा कमाउने बैंकमा हिमालयन बैंक र कुमारी बैंक पनि छन् । हिमालयनले १ अर्ब २३ करोड २४ लाख र कुमारीले १ अर्ब १४ करोड ५३ लाख रुपैयाँ कमाएको छ ।

भदौसम्ममा नेपाल एसविआई बैंकले सबैभन्दा थोरै २७ करोड रुपैयाँ नाफा कमाएको छ । माछापुच्छ्रे बैंकले ३७ करोड रुपैयाँ मात्रै कमाएको छ । 
 

All financial information at your fingertips.


शेयर गर्नुहोस