दुुई महिनामा वैदेशिक शिक्षामा २३ अर्ब बाहिरियो

दुुई महिनामा वैदेशिक शिक्षामा २३ अर्ब बाहिरियो

बैंक खबर। चालु आर्थिक वर्षको दुुई महिना (साउन र भदौ)मा नेपालबाट विदेश अध्ययन जाने विद्यार्थीले २३ अर्ब ३३ करोड रुपैयाँ खर्च गरेका छन् । यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा साढे १० अर्ब रुपैयाँ बढी हो । 

गत वर्ष साउन र भदौमा वैदेशिक शिक्षाका लागि नेपालबाट १२ अर्ब ७६करोड रुपैयाँ बाहिरिएको थियो ।

चालु आर्थिक वर्षको दुुई महिनामा भ्रमण व्यय ७६.५ प्रतिशतले वृद्धि भई ३५ अर्ब ६० करोड रुपैयाँ पुुगेको छ । यो अवधिमा भ्रमण आय ५३.९ प्रतिशतले वृद्धि भई ९ अर्ब ३४ करोड रुपैयाँ पुुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय छ अर्ब ७ करोड रहेको थियो । 

खुद सेवा आय ३५ अर्ब ३४ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय १९ अर्ब २६करोड रुपैयाँले घाटामा थियो । 
 

All financial information at your fingertips.


शेयर गर्नुहोस