भदौसम्म २ खर्ब २८ अर्ब भित्रियो रेमिट्यान्स

भदौसम्म २ खर्ब २८ अर्ब भित्रियो रेमिट्यान्स

बैंक खबर । चालू आर्थिक वर्षको दुई महिनामा दुई खर्ब २८ अर्ब ३७ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार अघिल्लो वर्षको सोही अवधिको तुलनामा रेमिट्यान्स आप्रवाह २२.१ प्रतिशतले बढेको छ । 

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.७ प्रतिशतले वृद्धि भई १ अर्ब ७३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ११.३ प्रतिशतले बढेको थियो ।

भदौ महिनामा मात्रै एक खर्ब १२ अर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । साउनमा एक खर्ब १६ अर्ब रुपैयाँ भित्रिएको थियो । साउनमा भन्दा भदौमा रेमिट्यान्स आप्रवाह कम देखिएको छ ।

यो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २८.३ प्रतिशतले कमी आई ७४,४५५ कायम भएको छ । 

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १८.३ प्रतिशतले कमी आई ३२००४ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७०.६ प्रतिशतले बढेको थियो । 

समीक्षा अवधिमा खुद ट्रान्सफर २१.९ प्रतिशतले वृद्धि भई रु.२५१ अर्ब ६१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १९.५ प्रतिशतले बढेको थियो ।
 

All financial information at your fingertips.


शेयर गर्नुहोस