वैदेशिक रोजगारी र स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजना शुभारम्भ

वैदेशिक रोजगारी र स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजना शुभारम्भ

बैंक खबर । सामाजिक सुरक्षा कोषले विदेशमा रोजगारमा रहेका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजनाको सुरुवात गरेको छ । 

कोषले आज (चैत ८ गते) एक कार्यक्रम आयोजना गरी यो योजनाको शुभारम्भ गरेको हो । 

योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा विस्तार गर्दै जाने क्रममा विदेशमा रोजगारीमा गएका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिलाई पनि समेटिएको कोषले जनाएको छ । यो योजना सुरु भएसँगै विदेशमा रोजगारीमा गएका लाखौं नेपालीहरु लाभाविन्वत हुने अपेक्षा गरिएको छ । 

यसअघि कोषले अनौपचारिक, स्वरोजगार र वैदेशिक रोजगारमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा सूचीकृत गर्नेसम्बन्धी कार्यविधि स्वीकृत गरेपछि यो योजना सार्वजनिक गर्न बाटो खुलेको थियो । 

All banking information at your fingertips.


शेयर गर्नुहोस