बैंक खातामा मोबाइल नम्बर अध्यावधिक गर्न आफ्ना ग्राहकलाई नबिल बैंकको आग्रह

बैंक खातामा मोबाइल नम्बर अध्यावधिक गर्न आफ्ना ग्राहकलाई नबिल बैंकको आग्रह

बैंक खबर । नबिल बैंकले आफ्ना ग्राहकलाई बैंक खातामा मोबाइल नम्बर अपडेट गर्न अनुरोध गरेको छ ।  बैंकले शुक्रवार एक सूचना प्रकाशित गरेर ग्राहकलाई मोबाइल नम्बर अध्यावधिक गर्न भनेको हो । 

बैंकले आफ्ना ग्राहकलाई खातामा भएका कारोबारहरुको जानकारी मोबाइलमा एसएसएसमार्फत दिँदै आएको छ । यदि मोबाइलमा एसएमएस प्राप्त भइरहेको छैन भने नबिल बैंकको कुनै पनि शाखामा सक्कल नागरिकता वा फोटोसहितको अन्य कुनै परिचयपत्रसहित आफैँ उपस्थित भएर मोबाइल नम्बर अध्यावधिक गर्न अनुरोध गरेको हो ।

बैंकले कात्तिक २४ गतेभित्र मोबाइल नम्बर अद्यावधिक गर्न आग्रह गरेको छ । 

All financial information at your fingertips.


शेयर गर्नुहोस