नेपाल एसबीआई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा राजेशकुमार पंडा नियुक्त

नेपाल एसबीआई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा राजेशकुमार पंडा नियुक्त

बैंक खबर । नेपाल एसबीआई बैंकको प्रमुख वित्तीय अधिकृतमा राजेश कुमार पंडा नियुक्त भएका छन् । असोज २२ गते बसेको बैंक सञ्चालक समितिको बैठकले पंडालाई नायब प्रमुख कार्यकारी अधिकृतको समेत जिम्मेवारी तोकेको छ । 

बैंकका नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका प्रमुख वित्तीय अधिकृत मोहमद रिजवान आलमको असोज २३ गतेदेखि कार्यकाल पुरा भई एसबीआई भारत फिर्ता गएपछि सो रिक्त स्थानमा पंडा नियुक्त भएका हुन् । 

All financial information at your fingertips.


शेयर गर्नुहोस