मन्त्री रिजालद्वारा धौवादी फलाम खानीको अनुगमन

मन्त्री रिजालद्वारा धौवादी फलाम खानीको अनुगमन

अर्थतन्त्र । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले पूर्वीनवलपरासीको हुप्सेकोट गाँउपालिकास्थित धौवादी फलाम खानीको स्थलगत अनुगमन गरेका छन् । खानीबाट आइरन÷स्टील उत्पादन गर्नका लागि चार वर्ष अघि स्थापना भएको धौवादी फलाम कम्पनी लिमिटेडको स्थापना भएको थियो । 

अनुगमनको क्रममा मन्त्री रिजालले प्रविधि र दक्ष जनशक्तिको अभाव तथा सीमित श्रोत साधनका वाबजूद पनि कम्पनीले राम्रो काम गर्दै आएको बताएका छन् । उद्योगहरुको समुचित विकास नभई देशको आर्थिक तथा सामाजिक स्तर उकास्न नसकिने बताउँदै मन्त्री रिजालले देशमा आयातित वस्तुहरुको मात्रा अत्यधिक हुँदा व्यापार घाटा दिन प्रतिदिन बढेको र वैदेशिक मुद्रामा असर परेको बताए । 

देशमा रोजगारीको समुचित व्यवस्थापन नहुँदा युवाहरु दिन–दिनै बिदेशिनु परेको यथार्थ उल्लेख गर्दै मन्त्री रिजालले असामान्य परिस्थितिमा धौबादी फलामखानी भण्डारको अधिकतम् सदुपयोग गर्न फलाम÷स्टील उद्योग स्थापना गरि फलामजन्य बस्तुको मागको करीव एक चौथाई हिस्सा परिपूर्ति गर्ने र यसबाट देशको व्यापार घाटा कम गर्न मद्दत पुर्याउनुका साथै वैदेशिक मुद्रा संचितिमा समेत वृद्धि हुने बताए ।

हाल देशमा उत्पादन भइरहेको विद्युतको उद्योगीकरण कार्यका समुचित उपयोग हुन जरूरी रहेको उल्लेख गर्दै मन्त्री रिजालले भविष्यमा वातावरणीय प्रभाव न्युनीकरणका लागि बढी कार्वन उत्सर्जन गर्ने इन्धनलाई विस्थापित गरि हाइड्रोजन इनर्जीको स्रोतलाई सदुपयोग गरी ग्रीन स्टिल उत्पादन गर्ने लक्ष्य हासिल गर्न सकिने बताए ।  

साथै, मन्त्री रिजालले धौवादी फलाम कम्पनीको स्थापना पछि स्थानीय युवाहरूलाई रोजगारी सृजना तथा राजस्वमा समेत वृद्धि हुने अपेक्षा व्यक्त गर्नुभयो । धौवादी फलाम कम्पनी लिमिटेड फलाम उत्पादन क्षेत्रमा कोशेढुंगा सावित हुने विश्वास समेत मन्त्री रिजालले व्यक्त गरे ।

स्थलगत अनुगमनका क्रममा मन्त्री रिजालसहित उद्योग सचिव मुकुन्दप्रसाद निरौला, निजि सचिव मात्रिका आचार्य, स्वकीय सचिव बृहस्पतिकृष्ण श्रेष्ठ, खानी तथा भुगर्व विभागका महानिर्देशक रामप्रसाद घिमिरे, धौवादी फलाम कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक डा. जनकबहादुर चन्द सहितको उपस्थिति थियो ।
 

All financial information at your fingertips.


शेयर गर्नुहोस