सानिमा बैंकको शेयरमूल्य समायोजन

सानिमा बैंकको शेयरमूल्य समायोजन

बैंक खबर । सानिमा बैंकको शेयरमूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेन्जले बैंकले साधारणसभा र लाभांश वितरण प्रयोजनका लागि बुकक्लोज गरेपछि शेयरमू्ल्य समायोजन गरेको जनाएको छ । 

नेप्सेले बैंकको ९ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । सामायोजन पछि बैंकको शेयरमूल्य प्रतिकित्ता २४७ रुपैयाँ ४२ पैसा कायम भएको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा शेयर मूल्य समायोज गरेको हो । आइतबार नेप्सेमा सानिमा बैंकको अन्तिम शेयर कारोबार प्रतिकित्ता २६९ रुपैयाँ ७० पैसामा भएको थियो । 

बैंकले कात्तिक २ गते बिहीबार काठमाडौंको चण्डोल स्थित कुण्डलिनी दरबार ब्याङ्क्वेटमा १९ औँ वार्षिक साधारणसभा डाकेको छ । साधारणसभाले ९ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ सहित ५.७० प्रतिशत नगद लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव स्वीकृत गर्ने छ । 
 

All financial information at your fingertips.


शेयर गर्नुहोस