आज सानिमा बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

आज सानिमा बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

बैंक खबर । आज (असोज २१ गते आइतबार) सानिमा बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । बैंकले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि भोली असोज २२ गते सोमबार शेयरधनी किताब बन्द गर्दैछ । यहीकारण आजसम्म शेयर खरिद गरेका शेयरधनीले बैंकले गत आर्थिक वर्षको नाफाबाट वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् । 

बैंकले कात्तिक २ गते, बिहीबार १९औँ वार्षिक साधारणसभा बोलाएको छ । काठमाडौंको चण्डोल स्थित कुण्डलिनी दरबार ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि साधारणसभा सुरु हुनेछ । 

साधारणसभाले हाल कायम चुक्ता पूँजीको ९ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनसहित गरी ५.७० प्रतिशत नगद लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव पारित गर्नेछ ।

All financial information at your fingertips.


शेयर गर्नुहोस