मुक्तिनाथ कृषि कम्पनीले कात्तिक १० गतेदेखि आईपीओ निष्काशन गर्ने

मुक्तिनाथ कृषि कम्पनीले कात्तिक १० गतेदेखि आईपीओ निष्काशन गर्ने

बैंक खबर । मुुक्तिनाथ कृषि कम्पनीले कात्तिक १० गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणलाई बिक्री गर्न लागेको शेयरमध्ये पहिलो चरणमा १० प्रतिशत वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गर्न लागेको हो । 

कम्पनीले धितोपत्र बोर्डबाट जारी पुँजी ७० करोड रुपैयाँको २० प्रतिशतले हुने १४ करोड रुपैयाँ बराबरको शेयर बिक्री निष्काशन जर्न लागेको हो । जसमध्ये एक सय रुपैयाँ अंकित दरका एक लाख ४० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो । 

आईपीओ खरिद गर्न इच्छुुक लगानीकर्ताले कम्तिमा १० कित्ता र अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आईपीओमा कात्तिक २४ गतेसम्म आवेदन दिन सकिनेछ । 

आईपीओका लागि इक्रा नेपालले कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्ष्ँमतामा मध्यम जोखिम रहेको संकेत ‘इक्रा एनपी इस्यूअर डबल बी माइनास’ रेटिङ प्रदान गरेको छ । 

आईपीओमा धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यस्तै मेरो शेयर अनलाइनबाट पनि आवेदन दिन सकिनेछ । 

मुक्तिनाथ कृषि कम्पनी, कृषक तथा कृषि व्यवसायीहरुको उत्पादन र उत्पादकत्व वृद्धिको लागि आवश्यक गुणस्तरीय उत्पादनका साधनहरु सहित अनुसन्धान, विकास प्रविधि हस्तान्तरण, प्रशोधन र मूल्य अभिवृद्धिको सार्थ कृषि सुनिश्चितता गरी बजारीकरण सम्बन्धी काम गर्ने कम्पनी हो । 
 

All financial information at your fingertips.


शेयर गर्नुहोस