हिमाल रेमिटको रेमिट्यान्स भुक्तानी राष्ट्रिय वाणिज्य बैंकबाट

हिमाल रेमिटको रेमिट्यान्स भुक्तानी राष्ट्रिय वाणिज्य बैंकबाट

बैंक खबर । हिमाल रेमिटको रेमिटान्स भुक्तानी राष्ट्रिय वाणिज्य बैंकमार्फत हुने भएको छ । विश्वका जुनसुकै देशहरुमा रहेका आफन्तले हिमाल रेमिटबाट पठाएको वैदेशिक रेमिटान्स अब राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका ७७ जिल्लामा रहेका २८४ वटा शाखा कार्यालयहरुबाट भुक्तानी हुने भएको छ । दूर दराजमा रहेका ग्राहकहरुले पनि यो सुबिधा प्राप्त गर्न सक्नेछन । यसपछि बैंकका ग्राहकहरु तथा अन्य वैदेशिक रेमिटान्स प्राप्त गर्ने ग्राहकहरुलाई नेपालमा रेमिटान्स प्राप्त गर्न सहज हुने भएको छ ।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र हिमाल रेमिटका लागि प्रिन्सिपल एजेन्ट सिएफएस रेमिट प्रालिका बीच यस अघि भएको सम्झौतापत्रमा बैंकका तर्फबाट विभागीय प्रमुख ऋषिराम ढकाल र प्रिन्सिपल एजेन्ट सिएफएस रेमिटका प्रमुख कार्यकारी अधिकृत बवि शर्माले हस्ताक्षर गरेका छन् । 

बैंकले हाल ७ वटै प्रदेशका ७७ जिल्लाका सदरमुकाम सहित देशैभर रहेका २८४ शाखा कार्यालय, २६९ एटिएम, ९९ वटा शाखा रहित बैंकिङ्ग सेवा, ६५ वटा एक्स्टेन्सन काउण्टर, क्यूआर कोड सेवा, पस सेवा, क्रेडिट कार्ड, डेबिट कार्ड, कनेक्ट आइपीएस, स्मार्ट क्यूआर टेलर, इन्टरनेट बैंकिङ, परिष्कृत रुपको मोवाईल बैंकिङ (डिजिटल संसार) तथा बिना इन्टरनेट चल्ने मोवाइल बैंकिङका सेवाहरु सञ्चालनमा रहेको जनाएको छ । 
 

All financial information at your fingertips.


शेयर गर्नुहोस