ग्लोबल आइएमई बैंकले गुल्मीको इन्द्रेगौंडामा खोल्यो एक्सटेन्सन काउन्टर

ग्लोबल आइएमई बैंकले गुल्मीको इन्द्रेगौंडामा खोल्यो एक्सटेन्सन काउन्टर

बैंक खबर । ग्लोबल आइएमई बैंकले गुल्मीको मुसीकोट नगरपालिकाको इन्द्रेगौंडामा ६६औँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ सेवाको आवश्यकतालाई ध्यानमा राखेर बैंकको वामी शाखाको मातहतमा रहनेगरी यो एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ । 

एक्सटेन्सन काउन्टरको उद्घाटन मुसीकोट नगरपालिकाका मेयर जीवलाल खरेलले गरेका हुन् । एक्सटेन्सन काउन्टरबाट निक्षेप संकलन गर्ने, नगद भुक्तानी गर्ने, मोबाइल तथा अनलाइन बैंकिङ सेवा दिने, रेमिट्यान्सको सुविधा लगायत सबै किसिमका साधारण बैंकिङ सेवा उपलब्ध हुने बैंकले जनाएको छ । 

सो अवसरमा बैंकले स्थानीय बासिन्दालाई लक्षित गरी डिजिटल बैंकिङ र रेमिट्यान्स सम्बन्धी वित्तीय साक्षरता कार्यक्रम समेत आयोजना गरेको थियो ।
 

All financial information at your fingertips.


शेयर गर्नुहोस