समयमै नवीकरण शुल्क नबुझाए सूचीकरण स्थगन गर्ने नेप्सेको चेतावनी

समयमै नवीकरण शुल्क नबुझाए सूचीकरण स्थगन गर्ने नेप्सेको चेतावनी

बैंक खबर । नेपाल स्टक एक्सचेन्जले सूचीकृत कम्पनीहरुलाई वार्षिक नवीकरण शुल्क समयमै बुझाउन अनुरोध गरेको छ । नेप्सेले आर्थिक वर्ष २०८०/८१का लागि वार्षिक नवीकरण शुल्क असोज मसान्तसम्म बुझाइसक्नुपर्नेमा केही कम्पनीले नबुझाएको भन्दै तत्काल बुझाउन अनुरोध गरेको हो । 

नेप्सेले तोकिएको समयमा नवीकरण शुल्क नबुझाएमा नवीकरण शुल्कको वार्षिक १० प्रतिशतका दरले जरिवाना लाग्ने र धितोपत्र सूचीकरण विनयिमावली, २०७५ को विनियम १६ अनुसार सूचीकरण स्थगन गर्ने चेतावनी पनि दिएको छ ।  
 

All financial information at your fingertips.


शेयर गर्नुहोस