सेयर कर्जामा १२ करोडको सीमा संशोधन हुने हल्लाले बढ्यो बजार

सेयर कर्जामा १२ करोडको सीमा संशोधन हुने हल्लाले बढ्यो बजार

बैंक खबर । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेशकुमार हमालबीच भेटवार्ता भएपछि सेयरबजारमा हरियाली देखिएको छ । गभर्नर र सेबोन अध्यक्षबीच सेयरधीतो कर्जामा हाल कायम १२ करोडको सीमा हटाउने सम्बन्धमा कुराकानी भएको हल्लाले बजार बढेको देखिन्छ । 

मंगलबार कारोबार सुरुभएपछि नै बढेको बजार पछि सम्हालिएको थियो । कारोबार बन्द हुन्दा नेप्से परिसूचक १८.४५ अंकले बढेर २०२२.९१ विन्दुमा बन्द भएको छ । कारोबार रकम पनि दुई अर्ब नाघेको छ । नेप्सेका अनुसार २ अर्ब ९ करोड ३८ लाख रुपैयाँ बरबारको ८७ लाख ४ हजार ४ सय ७७ कित्ता सेयर किनबेच भएको छ । 

कारोबारमा आएका दुई सय ३२ कम्पनीमध्ये एक सय ९० कम्पनीको सेयरमूल्य बढेको छ । ३९ कम्पनीका सेयरधनीले गुमाएका छन भने तीन कम्पनीको मूल्य स्थिर रहेको छ । 

होटल तथा प्रशोधन बाहेक सबै उपसमूह बढेका छन् । सबैभन्दा धेरै जलविद्युत समूह ३.०९ प्रतिशतले बढेको छ । 

मेन्छियाम हाइड्रोपावर, मनकामना इनर्जी हाइड्रोपावर र शुभम् पावरको सेयर कारोबार सकारात्मक सर्किट लेभलमा भएको छ ।

हिमालयन लघुवित्तका सेयरधनीले सर्वाधिक ५.८७ प्रतिशतले गुमाएका छन् । सबैभन्दा धेरै सेयर कारोबार एनआईसी एशियाको ८ करोड ३५ लाख रुपैयाँको भएको छ । 
 

All financial information at your fingertips.


शेयर गर्नुहोस