राष्ट्रिय वाणिज्य बैंकको लहान शाखाको नवनिर्मित भवनको उद्धघाटन 

राष्ट्रिय वाणिज्य बैंकको लहान शाखाको नवनिर्मित भवनको उद्धघाटन 

बैंक खबर । राष्ट्रिय वाणिज्य बैंकको सिरहा जिल्लास्थित शाखा कार्यालय लहानको नवनिर्मित भवनको उद्धघाटन भएको बैंकले जनाएको छ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादबले एक समरोहकाबीच शिलापत्र अनावरण गरी रिबन काटेर नवनिर्मित भवनको आइतबार उद्धघाटन गरेका हुन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त समारोहमा प्रमुख अतिथि एवं मुख्यमन्त्री यादबले कृषि तथा अन्य क्षेत्रको उत्पादन बढाउन प्रदेश सरकारले रा.वा.बैंकसँग सहकार्य गर्ने बताउँदै बैंकमार्फत किसानलाई अनुदान दिन तयार रहेको बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले अहिले रा.वा.बैंकको कर्जाको ब्याजदर सबैभन्दा कम रहेको बताउँदै ब्यवसायीहरुलाई रा.वा.बैंकसँग व्यवसायीक कारोबार गर्न आग्रह गरे । उनले विपन्नवर्गको सशक्तिकरणका लागि विना धिता कर्जा दिने, वित्तीय साक्षरता कार्यक्रम समेत सञ्चालन गरिने बताए । उनले बैंकले प्रदान गर्ने आधुनिक डिजिटल बैंकिङ्ग सेवाका लागि सबै किसिमले उपयुक्त हुने गरी शाखाको आफ्नै भवन निर्माण गरिएको बताए । 

कार्यक्रममा संघीय सांसदहरु रामशंकर यादब, गंगाप्रसाद यादब तथा प्रदेश सांसदहरु राजेन्द्र चौधरी, राजकुमार गुप्ता, ललिता दाश, बैंक सञ्चालक समिति सदस्य दिलिपकुमार ढुंगाना, प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे, बैंकका उपकार्यकारी अधिकृत विनयरमण पौडेल, विभागीय प्रमुख दामोदर ज्ञवाली, मधेश प्रादेशिक कार्यालयका प्रादेशिक प्रबन्धक कमलेश ठाकुर, कोशी प्रादेशिक कार्यालयका प्रादेशिक प्रबन्धक दिपकराज न्यौपाने, शाखा प्रबन्धकहरु, स्थानीय, जनप्रतिनिधि, व्यवसायी, सञ्चारकर्मी र बैंकका कर्मचारीहरुको उपस्थिति थियो ।

बैंकको देशभर २८४ वटा शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, २६९ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ, क्यूआर कोड सेवा, पस सेवा, क्रेडिट कार्ड, डेबिट कार्ड, कनेक्ट आईपीएस, स्मार्ट क्यूआर टेलर, इन्टरनेट बैंकिङ, परिष्कृत रुपको मोवाइल बैंकिङ तथा बिना इन्टरनेट चल्ने मोवाइल बैंकिङका सेवाहरु समेत सञ्चालनमा रहेको बैंकले जनाएको छ । 
 

All financial information at your fingertips.


शेयर गर्नुहोस